सिरियालाई रसिया र इरानको सहयोग छ– राष्ट्रपति आसाद

सिरियालाई रसिया र इरानको सहयोग छ– राष्ट्रपति आसाद

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 सिरियाली राष्ट्रपति बसार अल आसादले आफ्नो सरकारलाई रसिया र इरानको सहयोग रहेको बताउँदै सो सहयोगको स्वागत गर्नुभएको छ ।

सिरियाली सामाचार समिति सानाले बताएअनुसार राष्ट्रपति आसादले आफ्नो सरकारलाई रसिया र इरानको सहयोग रहेको र त्यसले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँको आसय छ ।

इरानको संसदीय समितिका एकजना प्रमुखसँगको भेटका क्रममा बिहीबार उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले यी दुई देशको सहयोगको सराहना पनि गर्नुभएको थियो । साथै उहाँले रसियाली प्रतिनिधिसँगको भेटका क्रममा रसियाले सिरियामा आतङ्ककारीका विरुद्ध जारी राखेको कारबाही निकै प्रभावकारी रहेको बताउनुभयो ।

सिरियामा गएको करिब साढे चार वर्षदेखि हिंसा जारी रहेको छ । त्यहाँ जारी गृहयुद्धका क्रममा करिब साढे दुई लाख नागरिकले ज्यान गुमाइसकेका छन् ।

राष्ट्रपति आसादले पद त्याग्नुपर्ने आवाज सिरियाली विपक्षीका साथै अन्तर्राष्ट्रिय समुदायको पनि रहेको भए पनि उहाँले मान्नुभएको छैन ।

पछिल्लो समयमा अमेरिकी नेतृत्वको संयुक्त सेनाका साथै रसियाली सेनाले नै सिरियामा हवाई कारबाही गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी