अङ्कारा, २७ असोज ।
टर्कीको राजधानी अङ्कारामा गत शनिबार भएको दुई वटा भीषण आत्मघाती विस्फोटनपछि बुधबार तीन वरिष्ठ प्रहरी अधिकारी बर्खास्त भएका छन् ।
देशमा भएको भयानक रक्तपातपूर्ण घटनामा परी ९७ व्यक्तिको मृत्यु भएपछि सुरक्षा व्यवस्थामा कमजोरी भएको देखिएको सरकारले जनाएको थियो ।
–
सरकारको सोही आरोपपछि ती तीन वरिष्ठ प्रहरी अधिकारी बर्खास्त परेका समाचारमा जनाइएको छ ।
टर्कीको गृह मन्त्रालयका अनुसार बर्खास्त हुनेहरुमा अङ्काराको क्षेत्रका प्रमुख र उनको गुप्तचर सम्बन्धी प्रमुख अधिकारी र सार्वजनिक सुरक्षा प्रमुख रहेका थिए ।
सरकारी अधिकारीहरुका अनुसार यस आक्रमणमा इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले हात रहेको छ ।
सो आक्रमणको क्रममा आतङ्ककारीहरुसमेत गरी ५०० भन्दा बढी घाइते भएका ती सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगानले सीमा क्षेत्रमा रहेको सिरियाका आइएस लडाकूको हात रहेको बताउनुभएको छ ।
शनिबार भएको सो भीषण आक्रमणपछि प्रहरीले राजधानी अङ्कारा र दक्षिणी टर्कीबाट इस्लामिक स्टे्ट (आइएस) का कैयौँ लडाकू पक्राउ गरेका छन् ।
टर्कीको राजधानी अङ्कारामा गत शनिबार आइएसले गराएको आत्मघाती आक्रमणको सर्वत्र कडा शब्दमा निन्दा गरिएको छ ।