टर्कीमा आतङ्कवादी आक्रमणको सरकारद्वारा निन्दा

टर्कीमा आतङ्कवादी आक्रमणको सरकारद्वारा निन्दा

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २७ असोज ।

सरकारले चार दिन अघि टर्कीको राजधानी अङ्कारामा शान्ति ¥यालीमा भएको कायरतापूर्ण आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवाजनप्रति गहिरो समेवदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै सरकारले टर्की सरकार र त्यहाँका जनताप्रति पनि हार्दिक सहानुभूति व्यक्त गरेकोे छ ।

“नेपाल आतङ्कवादका जुनसुकै स्वरुपको निन्दा गर्दछ र यस जघन्य अपराधमा संलग्नलाई शीघ्र कानुनको कठघरामा उभ्याउन टर्की सरकार सफल हुने विश्वास व्यक्त गर्दछ”– विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी