एजेन्सी, २६ असोज ।
सिरीयाको राजधानीमा दमास्कसमा रहेको रुसी दुताबासमा मिसाइल आक्रमण भएको छ ।
सिरीयामा बिद्रोहीका बिरद्ध रुसले जारी राखेको हवाइ आक्रमणको समर्थन गर्दै दुताबासमा सयौ मानिस जम्मा भएको बेला मिसाइल आक्रमण भएको हो । रुसले हाल सिरीयामा हवाइ आक्रमण जारी राखेको छ ।
आक्रमण भएपछि त्यहा भागडौड मच्चिएको थियो । सो आक्रमणमा भएको क्षतिको बिबरण नआएको त्यहाका अधिकारीले बताएका छन ।
हमला भएको एक दिन अघि मात्र अल नुसरा फ्रंटका प्रमुख अबु मोहम्मद अल गोलानीले रुसको आक्रमण नया युद्धको सुरुवात भएको टिप्पणी गरेका थिए । अल नुसरा चरमपंथी संगठन अल कÞायदासंगै जोडिएको बिद्रोही संगठन हो ।
रूसले पछिल्लो समय अल नुसराका लडाकुहरु रहेको सिरीयाको उत्तर पश्चिमी इलाकामा आक्रमण जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline