एजेन्सी २६ असोज ।
अमेरिकाले सिरियाको उत्तर पूर्वी क्षेत्रमा विद्रोही समुह इस्लामिक स्टेट आईएस विरुद्ध संघर्ष गरिरहेका विद्रोही समुहलाई ४५ टनभन्दा बढी गोला बारुद उपलब्ध गराएको छ ।
लडाकु विमानको निगरानीमा सी–१७ विमानले हास्सकेह प्रान्तमा रातभर ती गालाबारुद खसालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
खसालिएका गोला बारुदसँगै केही साना हतियार र ग्रेनेड रहेको र ती सबै विद्र्रोहीसम्म सुरक्षित रुपमा पुगेको बताइएको छ ।
केही दिन अघि अमेरिकाले आईएस विरुद्ध संघर्ष गरिरहेका विद्रोही समुहलाई प्रशिक्षित गर्न ५० करोड डलर दिने योजना रद्द गर्दै विद्रोही समुहका कमाण्डरलाई हतियार दिने निर्णय गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline