एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ ।
उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
एनआरएनको नयाँ कार्यसमिति चयन तथा विश्व सम्मेलन दुई चरणमा हुनेछ, जसमा सातौँ अधिवेशन आगामी असोज २७ देखि २८ सम्म हुनेछ ।
आर्मी अफिसर्स क्लबमा आयोजना हुने वार्षिक साधारणसभाको एनआरएनका वर्तमान तथा पूर्व अध्यक्षले सामूहिक उद्घाटन गर्नुहुनेछ ।
त्यसैगरी, २९ गते सोल्टी होटलमा आयोजना हुने एनआरएन विश्व सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नुहुनेछ ।
विश्व सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० एनआरएन सदस्यले सहभागिता जनाउने बताइएको छ ।
“गैरआवासीय नेपाली सङ्घ, पुनःनिर्माणको सच्चा साझेदार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले आगामी दुईवर्षे कार्यकालमा पुनःनिर्माणका कार्यक्रमलाई प्राथमिकता दिने संस्थाले जनाएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनका अध्यक्ष शेष घलेले नेपालमा भूकम्पपछिको अवस्थामा समुदायमा आधारित कार्यक्रमलाई मध्यनजर गर्दै पुनःनिर्माणका कार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।
“अबको दुई वर्ष पुनःनिर्माणमै ध्यान केन्द्रित गर्छौं । घोषित भूकम्प प्रभावित पाँच जिल्लामा एक हजार घर निर्माण गर्ने काम दुई वर्षभित्रै टुङ्गो लगाउँछौँ । निर्माणपछि सरकारको स्वामित्वमा अति गरिब र पिछडिएका समुदायलाई हस्तान्तरण गर्नेछौँ”– उहाँले भन्नु भयो ।
सरकार र एनआरएनबीच असोज २४ गते एनआरएन दिवसका अवसरमा भूकम्प प्रभावित पाँच जिल्लामा एक हजार घर निर्माण गर्ने सम्झौता भएको थियो । घर निर्माणका लागि रु ३५ करोड रकम विनियोजन गरिएको संस्थाले जनाएको छ ।
अध्यक्ष घलेले संस्थालाई दिगो र कसरी संस्थागत गर्ने भन्ने प्रमुख चुनौती रहेकाले त्यसलाई दुई वर्षभित्रै पूर्णता दिने पनि बताउनु भयो ।
एनआरएनलाई विकास साझेदार संस्थाका रुपमा विकास गरिने तथा नेपालको आर्थिक, सामाजिक विकासमा लगानी गर्दै आएको प्रवासी नेपाली व्यवसायीको संस्था एनआरएनलाई अन्य अन्तर्राष्ट्रिय संस्था जस्तै विकास साझेदार संस्थाका रुपमा विकास गरिने भएको छ ।

संस्थाका अध्यक्ष घलेले अबको बढीमा १५ वर्षभित्र संस्थालाई नेपालको विकास साझेदार संस्था युएनडिपी जस्तै बनाइने प्रतिबद्धता जनाउनुभयो ।

तत्काल सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले भविष्यमा व्यावसायिक क्षेत्रमा पनि हात हाल्न सक्ने भन्दै उहाँले नेपालका केही जलविद्युत् आयोजना, होटललगायतका क्षेत्रमा हात हालेको बताउनुभयो ।

अध्यक्ष घलेले नेपालको संविधान २०७२ मा एनआरएनलाई नागरिकता दिने व्यवस्था ठूलो उपलब्धि भएको र यसले लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

एनआरएनले खासगरी जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्ने चासो देखाएको छ । उसले केही परियोजना सुरुवात पनि गरिसकेको छ । लमजुङमा जलविद्युत् आयोजना र काठमाडौँमा पाँचतारे होटल निर्माण सुरु गरिएको संस्थाले जनाएको छ ।
एनआरएन नेतृत्वका लागि तीन प्रत्यासी
एनआरएनको आगामी नेतृत्वका लागि अध्यक्षको प्रत्यासीमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टीबी कार्की र पूर्वमहासचिव रतन झाले उम्मेदवारी दिनुभएको एनआरएन प्रवक्ता मन केसीले जानकारी दिनुभयो ।
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कार्यसमितिसहित १०० जनाभन्दा बढीको कार्यसमिति हुनेछ । सम्मेलनका लागि रु एक करोड खर्च लाग्ने बताइएको छ ।
विश्वका ७१ देशमा शाखा रहेको एनआरएनमा करिब ४० हजार सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी