बैंकक, २५ असोज । थाइल्याण्का पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई पक्राउ पुर्जी जारी गरिएको समाचार छ ।
थाइल्याण्डको अपराध नियन्त्रणसम्बन्धी अदालतले सोमबार सो पक्राउ पुर्जी जारी गरेको हो । उहाँलाई यसअघि नै सो अदालतले आफूविरुद्धको सुनुवाईका लागि उपस्थित हुन जारी गरेको आदेशको अवहेलना गरेपछि सो पूर्जी जारी गरिएको बताइएको छ ।
उहाँमाथि गएको मे महिनामा दक्षिण कोरियामा दिएको एक अन्तरवार्तामा थाई सैनिकको अपमान गरेको आरोप लगाइएको थियो ।
सो आरोपमा आफ्नो सफाई पेसगर्न थाई अदालतले दिएको आदेशका क्रममा उहाँ उपस्थित नभएपछि अदालतले सो आरोप लगाउनुभएको हो ।
थाई सेनाले हालेको सो मुद्दामा सोमबार गरेको सुुनुवाईका क्रममा नै अदालतले उहाँका विरुद्धमा पक्राउ पूर्जी नै जारी गरेको बताइएको छ ।
उहाँ हाल निर्वासनमा विदेशमा हुनुुहुन्छ । पूर्व प्रधानमन्त्री थाकसिनका वकिलले उहाँका विरुद्धमा अदालतले पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएका छन् ।