स्टकहोम (स्वीडेन), २५ असोज । बेलायती तथा अमेरिकी नागरिक एवम् अर्थशास्त्री एड्गस डेटनले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउनु भएको छ ।
उपभोग, गरिबी र समाज कल्याण सम्बन्धमा गरेको अनुसन्धान तथा योगदानको कदरस्वरुप उहाँलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको पुरस्कार निर्णय समितिले सोमबार बताएको छ ।
सुक्ष्म अर्थशास्त्र, बृहद् अर्थशास्त्र र विकास अर्थशास्त्रको विस्तृत वैयक्तिक छनौट र कुल नतिजा विषयलाई जोडेर अर्थशास्त्रको विकासमा गरेको डेटनको योगदानका लागि उहाँ पुरस्कृत हुनुभएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline