भारतको बिहार राज्यमा विधान सभाको निर्वाचन जारी

भारतको बिहार राज्यमा विधान सभाको निर्वाचन जारी

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी २५ असोज ।  

भारतको बिहार राज्यमा विधान सभाका लागि पहिलो चरणको निर्वाचन भइरहेको छ । कूल २ सय ४३ सिट मध्ये पहिलो चरणको निर्वाचन अन्तर्गत आज ४९ सिटका लागि मतदान भइरहेको हो ।

१० जिल्लाको ४९ सीटका लागि भइरहेको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ ।

नेपालसँग सीमा जोडिएको सीमावर्ती राज्य बिहारमा जारी निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी र उ विरुद्ध एकजुट भएका क्षेत्रीय दलहरुबीच कडा टक्कर देखिएको छ ।

निर्वाचनको परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता मापन गर्ने ठानिएको छ । जनताका बीचमा खासै चुनावी लहर नदेखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी