एजेन्सी २४ असोज । ९५ जनाको ज्यान जाने गरी भएको शाक्तिशाली विस्फोटपछि टर्कीमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
प्रधानमन्त्री अहमत दाबुतोग्लु देश शोकमा डुबेका कारण तीन दिने शोकको घोषणा गरिएको बताउनुभयो ।
टर्कीको राजधानी अंकरामा आयोजित शान्तिपूर्ण र्यालीका क्रममा श्रृंखलाबद्ध विष्फोट हुँदा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । शहरको मध्य रेल स्टेशन नजिक भएको विष्फोटमा २ सयभन्दा बढी घाईते भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
पृथकतावादी कुर्दिश समूहसँग जारी संघर्ष अन्त्यको माग गर्दै आयोजना गरेको र्यालीलाई लक्षित गरी विष्फोट गराइएको हो । टर्कीको इतिहासमा यो हालसम्मकै ठूलो बिस्फोट हो ।
यसैबीच टर्कीका राष्ट्रपति रैचेप तैयप एर्दोआनले बिस्फोटलाई आतंकाबादी घटना बताउँदै तुर्कमेनिस्तिानको यात्रा रद्द गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline