एजेन्सी,२३ असोज ।
टर्कीको राजधानी अंकारामा आज दिउँसो भएका श्रृंखलावद्ध बम आक्रमणमा कम्तिमा ३० जनाको ज्यान गएको छ । बम आक्रमण शहरको मुख्य रेल स्टेशनमा भएको हो ।
बम हमलामा कम्तिमा ३० जनाको मृत्यु र १२६ जना गम्भीर घाइते भएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ । प्रत्यक्षदर्शीका अनुसार बम आक्रमणबाट रेल स्टेशन आसपासका दर्जनौ घर पनि क्षतिग्रस्त भएका छन् ।
टर्किस सरकारले यो हमलालाई आतंकवादी आक्रमणको संज्ञा दिएकोछ । यो आक्रमण शान्ति मार्चका क्रममा भएको हो । यो शान्ति मार्च कुर्दिस विद्रोही र सरकारबीच जारी संघर्षको विरोधमा गरिएको थियो ।
यो घटनाबारे अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले जिम्मेवारी लिएका छैनन् । मारिनेहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । टर्किस प्रहरीले गरेको प्राराम्भिक जाँचमा यो हमला आत्मघाती भएको खुलेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline