काठमाण्डौ,२३ असोज ।
अफगान सुरक्षाबल र तालिबानबीच अफगानिस्तानको कुन्दुजमा पुनः भिडन्त सुरु भएको छ । यी दुवै पक्षबाट स्थलगत रुपमा आक्रमण भएका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
स्थानीय प्रहरीले कुन्दुज सहरको उत्तरतर्फ सेना र तालिवानबीच भिडन्त भएका जनाएका छन् । दुवै तर्फ कैयौँको संख्यामा नागरिक मारिएका अनुमान गरिएको छ तर अहिले नै क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।
गएरातिदेखि सो सहरमा भिडन्त सुुरु भएको समाचारमा जनाइएको छ । गत हप्तामात्र तालिवानको नियन्त्रणबाट अफगान सेनाले उक्त सहर फिर्ता लिएको समाचारमा जनाइएको थियो ।
बन्दार ए काबुल र सादार नगरमा सो भिडन्त सुरु भएको समाचारमा जनाइएको छ । यी दुई इलाकामा अफगान तालिवानले आक्रमण गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline