जापानको क्युसुमा तामाङ समाज गठन

जापानको क्युसुमा तामाङ समाज गठन

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौ, २२ असोज ।  

अध्ययन तथा पेशााको शिलशिलामा नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु पुगेका तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ ।

नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

समाजको उपाध्यक्षमा हस्त तामाङ, कोषाध्यक्षमा सरोज तामाङ र सचिवमा सोनम लामा रहेका छन् ।

त्यस्तै सदस्यमा सुरेन्द्र घिसिङ, देवेन्द्र तामाङ, दिपेश पाख्रिन, प्रेम तामाङ, लक्पा घिसिङ, विक्रम घिसिङ, बेग तामाङ र पेमा तामाङ रहेका छन् ।

समाजले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले समाज गठन गरिएकोे जनाएको छ ।

नेपाली समुदायमा भैपरिआउने समस्या समाधानका लागि सहायता कोष स्थापनाका लागिसमेत पहल गरिने नव गठित समाजका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी