एजेन्सी ,२२ असोज ।
रुसले कैस्पीयन सागरबाट सीरियामा ईस्लामीक स्टेट प्रभावित क्षेत्रमा प्रहार गरेको मिसाईल इरानमा खसेको भन्ने कुराको अस्वीकार गरेको छ ।
अमेरीकी अधिकारीले कैस्पियन सागरबाट प्रहार गरेको चार रुसी मिसाईल ईरानमा खसेको भनेपछि रुसले त्यसको बिरोध गरेको हो ।
अधिकारीका अनुसार ईरानमा मिसाईल खसेको बताएपनि कुनै क्षति भने नभएको बिबिसीले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले सो कुराको खण्डन गर्दै कैस्पियन सागरबाट प्रहार गरेको सबै मिसाईल निशानामा नै लागेको बताएका छन् ।
रुसले बुधवारको उत्तरी पश्चिम सीरियामा आईएसका लडाकु रहेको ईलाकामा २६ वटा मिसाईल प्रहार गरेको दाबी गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline