सन् २०१५ को चिकित्सा र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा

सन् २०१५ को चिकित्सा र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 यस वर्षका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा जापान तथा क्यानाडाका वैज्ञानिकद्वय क्रमशः ताकाकी काजिता र अर्थर म्याकडोनाल्डलाई दिने निर्णय गरेको स्वीडिस रोयल एकेडेमी अफ साइन्सेसले मङ्गलबार जनाएको छ ।

वैज्ञानिक काजिता तथा अर्थरलाई उहाँहरुको ‘न्युट्रिनो असिलेसन’ विषयमा गरेको महत्वपूर्ण योगदानका लागि विश्वप्रसिद्ध नोबेल पुरस्कार दिइएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।

न्युट्रिनो असिलेसनले न्युट्रिनो परमाणुमा पनि पिण्ड हुन्छ भन्ने पुष्टि गर्दछ ।

न्युट्रिनो परमाणुमा आणविक प्रतिक्रिया सिर्जना गर्नसक्छ जुन सूर्य तथा ताराहरु वा परमाणु शक्ति उत्पादन गर्ने भट्टीहरुमा हुन्छ ।

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ओमुर,क्याम्पबेल र टुलाई

यस्तै यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार चीन, जापान तथा आएरल्यान्डका तीन वैज्ञानिकले संयुक्त रुपमा पाउने भएका छन् ।

सोमबार घोषणा गरिएको पुरस्कार जापानी प्राध्यापक इमेरिटस साटोसी ओमुरा, आएरल्यान्डका विलियम क्याम्पबेल तथा चीनका वैज्ञानिक टु युयुुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण लाग्ने रोगकोे औषधि आविष्कार गरेकोमा दिइने भएको हो ।

पुरस्कार छनोट समितिका एक सदस्य जुलिन जियराथले भन्नुभयो, “परम्परागत औषधिले वैज्ञानिकलाई नयाँ औषधिको आविष्कार गर्न प्रेरणा दिन सक्छ भन्ने कुरा पुरस्कृत वैज्ञानिकका अन्वेषण तथा आविष्कारबाट सिक्न सकिन्छ ।”
त्यसैले परम्परागत औषधिको आडमा गरिने अन्वेषण नयाँ देखिने रोगको औषधि पत्ता लगाउन सहयोगी हुने पुरस्कृत चिकित्सा वैज्ञानिकबाट सिक्नुपर्छ, उहाँले थप्नुभयो ।

सन् २०१५ को सबै विषयमा दिइने नोबेल पुरस्कार अर्को हप्तासम्म घोषणा गरिसक्ने समितिको योजना भएको जुलिन जियराथले बताउनु भयो ।

नौ लाख ६० हजार अमेरिकी डलर बराबरको पुरस्कारहरु स्वीडेनको स्टकहोम तथा नर्वेको ओस्लोबाट डिसेम्बर १० का दिन दिइने गरिन्छ ।

सन् १९९६ डिसेम्बर १० मा मृत्यु हुनुभएका नोबेल पुरस्कारका संस्थापक तथा स्वीडेनका रसायनशास्त्री अलफ्रेड नोबेलको (सन् १९९६ डिसेम्बर १०) मा मृत्यु भएको र उहाँकै सम्झनामा हरेक वर्ष यो पुरस्कार विभिन्न विधाका लागि दिइँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी