काठमाडौ १९ असोज ।
इराकमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी कम्तिमा ६३ जनाको मृत्यु भएको छ । विस्फोटबाट सयौं घाइते भएका छन् ।
दियाला प्रान्तस्थित शिया बाहुल्यता रहेको कस्बे खालिसमा भएको विस्फोटमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसैगरी अल जुबेर कस्बेमा भएको दोस्रो विस्फोटमा १० जना र अर्को एक बम आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ । त्यस्तै राजधानी बग्दादमा भएको विस्फोटमा २५ भन्दा बढी घाइते भएका छन् ।
अल जुबेर कस्बेमा भएको विस्फोटको चरमपन्थी समूह आईएसले जिम्मेवारी लिएको छ भने अन्य स्थानमा भएका विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline