रुसले सिरीयामा आईएस र अन्य सरकार विरोधी शसस्त्र समुहहरु विरुद्ध हवाई आक्रमण शुरु गरे पछि सिरीयाका राष्ट्रपति बसर अल असदले त्यस क्षेत्रमा आतकवाद समाप्त पार्न रुस , सिरीया, ईराक र ईरान एक साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
एक सरकारी टेलिभिजनमा अन्तवार्ता दिदै राष्ट्रपति असदले अमेरीकी नेतृत्वको गठबन्धनको हवाई हमलाले विद्रोहीहरुलाई मद्धत पुर्याएको भन्दै आलोचना गर्नु भयो ।
उहाले रुस नेतृत्वको गठबन्धन सफल भए मात्रै क्षेत्रमा शान्ति पैदा हुन सक्ने अन्यथा संकट आउने बताउनु भयो ।
अमेरीकी नेतृत्वको गठबन्धनले सिरीया विरोधी शसस्त्र समुहहरुलाई तालिम, पैसा र हतियार दिएर सहयोग गरीरहेकोमा समेत असदले चिन्ता व्यक्त गर्नु भयो ।
सिरीयामा चार वर्ष लामो शसस्त्र युद्धका कारण २ लाख ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline