आँधी र बाढीबाट फ्रान्समा १६ जनाको मृत्यु

आँधी र बाढीबाट फ्रान्समा १६ जनाको मृत्यु

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 शनिबार राति आएको आँधी तथा बाढीका कारण कम्तिमा १६ जना फ्रान्सेली नागरिकको मृत्यु भएको राष्ट्रपति फ्रास्वाँ अलान्दले आइतबार बताउनुभएको छ ।

राष्ट्रपति अलान्दले १६ जनाको आँधीका कारण मृत्यु भइसकेको र तीन जना अरू हराइरहेको समाचारको पुष्टि गर्नुभएको छ ।

प्रलयकारी आँधीका कारण अरू के कति क्षति भयो भन्नेबारे सरकारले विवरण सङ्कलन गरिरहेको र बुधबारसम्म मन्त्रिपरिषद् मार्फत् जानकारी गराइने राष्ट्रपति अलान्दले बताउनुभयो ।

आँधीका कारण भएको क्षति विवरणको मूल्याङ्कन भइरहेको तर एकीन विवरण आउन अरू दुई–तीन दिन लाग्ने राष्ट्रपति अलान्द तथा फ्रान्सका गृहमन्त्री बर्नान्ड कजेनेभले पत्रकारलाई बताउनुभयो ।

तीन घण्टा लामो अत्यधिक वर्षासहित आएको आँधीले दक्षिणपूर्वी फ्रान्सको केन्स तथा मान्डेलिओ लानापौलमा ठूलो क्षति भएको छ । तीन घण्टाको अवधिमा केन्समा १८० मिलिमिटर तथा लानापौलमा १६० मिलिमिटरभन्दा बढी पानी परेको बताइएको छ ।

आँधीपछि यहाँका ३५ हजार घरपरिवार बिजुलीबाट विच्छेद भएका प्राप्त समाचारमा जनाइएको छ ।

सरकारले ४५० उद्धारकर्मी तथा तीन वटा हेलिकप्टरबाट आँधी प्रभावित क्षेत्रमा आइतबार उद्धार कार्य जारी राखेको सरकारले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी