अफगानिस्तानको कुन्दुज शहरमा गरिएको हवाई आक्रमणप्रति अमेरिकाले क्षमा याचना गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्ति निकाली अमेरिकी हवाई आक्रमणमा सर्वसाधारण मारिएकामा क्षमा माग्दै यसबारे अनुसन्धान भइरहेको जनाएको अन्तराष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन ।
अफगानिस्तानको कुन्दुज शहरस्थित एक अस्पतालामा हिजोे अमेरिकी हवाई आक्रमणमा १९ जना मारिएका थिए भने ३७ जना गम्भीर घाईते भएका थिए ।
यता संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेद राद अल अल हुसेनले घटना दुःखद र अक्षम्य रहेको भन्दैै अन्तराष्ट्रिय कानून बिपरितको यो घटना जानीजानी गरेको आरोप लगाएका लगाउनु भएको छ ।
यसैबीच अफगान राष्ट्रपति असरफ घानीेले पनि गठबन्धन सेनाको आक्रमणप्रति माफी माग्नुभएको छ । उहाले अस्पतालमा अतिवादीहरु लुकेको सुराकीको आधारमा कारबाही गरिएको स्पष्ट पार्दै आइन्दा यस्ता आक्रमण गर्दा गम्भीर ढंगले सोचबिचार गर्ने बचन दिनुभएको छ ।
एक सयभन्दा बढी विरामी रहेको अवस्थामा अमेरिकी लडाकु विमानले करिब आधा घण्टासम्म गरेको हवाई आक्रमणमा अस्पतालमा बम खसेको थियो । आक्रमणपछि केही कर्मचारी र विरामीको अवस्था अज्ञात रहेको वीवीसीले जनाएको छ ।