रसियाली हवाई कारबाही प्रभावकारी– विदेशमन्त्री

रसियाली हवाई कारबाही प्रभावकारी– विदेशमन्त्री

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

संयुक्त राष्ट्रसंघ, १६ असोज । सिरियाली विदेशमन्त्रीले सिरियामा रसियाले जारी राखेको कारबाही प्रभावकारी भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो– सिरियाले विगत लामो समयदेखि जारी राखेको आतङ्कवाद विरुद्धको कारबाहीलाई यस आक्रमणले सघाउ पु¥याएको छ ।

विदेशमन्त्री वालिद अल माउलिमले सिरियाका विरुद्धमा रहेका आतङ्कवादी क्रियाकलापको नियन्त्रणका लागि यस आक्रमणले सघाउ पु¥याउने धारणा राख्नुभएको समाचारमा जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय साधारण सभामा गर्नुभएको सम्बोधनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– यस कदमका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिनुभएको निर्णय एकदमै सही छ ।

गएको बुधबारदेखि रसियाले सिरियामा हवाई कारबाही गरेको हो । यस हमलाका कारण सिरियाको रक्वा क्षेत्रमा क्षति पुगेको छ ।

सो क्षेत्रमा आइएसको प्रभाव रही आएको थियो । जसका कारण सिरियाली सरकारलाई पनि गाह्रो परेको र हाल आएर रसियाली आक्रमणका कारण सघाउ पुगेको उहाँले बताउनुभएको हो ।

उता यस आक्रमणको सिरियाली राष्ट्रपति बसार अल असादले स्वागत गर्नुभएको थियो । उहाँले रसियाले पनि सिरियामा आइएसका विरुद्धमा कारबाहीका लागि गरेको हवाई हमलाको निर्णयको स्वागत गर्नुभएको हो ।

सिरियामा पनि पछिल्लो समयमा आइएसका क्रियाकलापहरु निकै बढ्दै गएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका अरु कैयैँ देशले सिरियामा हमलाका लागि रसियासँग आग्रह गरेका थिए ।

सो आग्रहपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको संसदसँग सो कारबाहीका लागि अनुमति मागेको थियो । सो अनुमतिको प्रस्तावलाई संसदले निर्विरोध पारित गरेसँगै उक्त कारबाही सुरु भएको हो ।

रसियाले असादको बलियो सहयात्रीका रूपमा सिरियामा द्वन्द्व सुरु भएको सन् २०११ देखि नै सहयोग पु¥याउँदै आएको छ । यो द्वन्द्वपछि पहिलो पटक सिरियामा रसियाले हमला गरेको हो ।

उता सो आक्रमणको संयुक्त राज्य अमेरिकाले भने विरोध गरेको छ । अमेरिकाले सो आक्रमणको विरोध गर्दै रसियाले हाल सिरियामा गरेको आक्रमण आइएसप्रति नभएर सिरियाली विद्रोहीप्रति मात्र लक्षित रहेको जनाएको छ ।

तर सो भनाईको सिरियाले भने खण्डन गरिरहेको छ । सिरियाले सो आक्रमण सिरियामा रहेका आइएस आतङ्ककारीकै विरुद्धमा केन्द्रित रहेको बताएको हो ।

सिरियाली द्वन्द्वमा परी दुई लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु हुनुको साथै लाखौँ घाइते भएका छन् । त्यहाँ हाल गृहयुद्ध जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी