एजेन्सी, १६ असोज ।
श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्नो सरकारलाई अन्तर्रा्ष्ट्रिय समुदायको ठूलो समर्थन रहेको बताउनुभएको छ । उहाँले श्रीलङ्काको वर्तमान सरकार विश्व समुदायको समर्थन लिन सफल भएको धारणा राख्नुभएको हो ।
संयुक्त राष्ट्रसंघीय साधारण सभामा सहभागी भएर फर्किएपछि उहाँको सो प्रतिक्रिया आएको हो । न्युयोर्कबाट फर्किएपछि उहाँले एक विज्ञप्ति प्रकाशन गरी सो धारणा राख्नुभएको बताइएको छ ।
उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– हामीले संयुक्त राष्ट्रसंघीय साधारण सभामा सहभागिताका क्रममा विश्वका नेताहरु, महासचिव बान कि मुनलाई भेट्यौँ र त्यसबाट हामीले श्रीलङ्काका बारेमा कुराकानी पनि गर्न पायौँ ।
राष्ट्रपति सिरिसेनाले पहिलो पटक महासभामा सहभागिता जनाउनुभएको हो । उहाँ केही महिनामात्र पहिला श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।