रुसले सिरियाली राष्ट्रपति बशर अल असदका विपक्षीविरुद्ध हवाई आक्रमण तीब्र बनाएको छ । आफूलाई स्लामिक स्टेट बताउने अतिवादी समूहको १२ स्थानमा हवाई आक्रमण गरेको रुसलाई उधृद गर्दै वीवीसीले जनाएको छ ।
आइएस नियन्त्रित रक्का, एलेप्पो शहरका साथै आइएसको कम पकड मानिएका हामा र इदलिबमा पनि एक साथ आक्रमण गरिएको अन्तराष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन ।
रुसी आक्रमणको निशानामा असदको सत्ताविरुद्ध संघर्षरत फ्रि सिरियन आर्मीको रेडियो टावर पनि परेको छ । विपक्षी सिरियन नेशनल काउन्सिलका अध्यक्ष जर्ज साबराले भने रुसी आक्रमण असदलाई सत्तामा टिकाउन मात्र केन्द्रित रहेको बताएका छन् ।
अमेरिकी नेतृत्वमा रहको गठबन्धनले पनि रुसी आक्रमणप्रति चिन्ता व्यक्त गरिरहेका बेला सिरियाली विदेश मन्त्री वालिद अल मुअल्लमले संयुक्त राष्ट्रसंघले गर्ने शान्ति वार्तामा सहभागि हुन सिरिया तयार रहेपनि आतंकवादविरुद्धको सैन्य कार्वाही भने नरोकिने दाबी गरेको वीवीसीले जनाएको छ ।