साउदीमा मृत्यु भएका हजयात्रीमा १२२ जना इजिप्टका

साउदीमा मृत्यु भएका हजयात्रीमा १२२ जना इजिप्टका

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कायरो, १५ असोज ।

साउदी अरेबियामा हज गर्ने क्रममा मारिएका तीर्थयात्रीमध्ये १२२ जना इजिप्टका नागरिक रहेका अधिकारीहरुले जनाएका छन् ।

इजिप्टको विदेश मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी सो घटनामा परी अझै पनि १६ जना इजिप्टेली घाइते भएका मेना समाचार संस्थाले जनाइएको छ ।

साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले मक्का मदिनामा हज गर्ने तीर्थयात्रीमध्ये ज्यान गुमाउनेको सङ्ख्या ७६९ पुगेको बताइएको छ । सो घटनामा परी अझै पनि ९३४ जना घाइते भएका छन् ।

साउदी अरेबियामा हरेक वर्ष विश्वका कम्तीमा पनि २५ लाख मुस्लिमले तीर्थयात्रामा गर्ने गर्दछन् । साउदी अरेबियामा यसै महिनामा ठूलो सङ्ख्यामा तीर्थयात्री मारिएको यो दोस्रो घटना हो । यस हजका क्रममा यसअघिका वर्षहरुमा पनि नागरिकको यसैगरी भागदौडमा मृत्यु हुने गरेको थियो ।

सेप्टेम्बरको सुरु मक्कामा एक मस्जिद परिसरमा भएको क्रेन विस्फोटमा परी १११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३३१ जना घाइते भएका थिए ।

यसैबीच गत हप्ता साउदी अरेबियामा भएको उक्त हजयात्रीबीचको दुर्घटनामा परी मृत्यु हुने इरानी नागरिकको सङ्ख्या ४६४ पुगेको अर्काे एक समाचारमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी