एजेन्सी १५ असोज ।
अमेरिकाको ओरगान राज्यको एक कलेजमा गोलाबारी हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा ७ भन्दा बढी घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।
२० वर्षीय ती युवकले तीन हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत उम्पक्वा कम्युनिटी कलेजको कक्षकोठामा पसेर अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
गोली चलाउने युवक प्रहरीको कारबाहीमा मारिएका छन् । भने घटनापछि कलेज बन्द गरिएको बिबीसीले जनाएको छ । राष्ट्रपति बाराक ओबामाले घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
गोली हान्ने युवकका बारेमा केही खुलाइएको छैन । तर ती युवक मानसिक रुपमा अस्वस्थ रहेको हनु सक्ने आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline