एजेन्सी,१४ असोज ।
रसियाका युद्धक विमानद्वारा सीआईएले बनाएका तथा तालिम दिलाइएका सिरियाली विद्रोहीलाई आक्रमण गरेको अमेरिकी सिनेटर जोन म्याकाइनले बताउनुभएको छ ।
यदी यो दाबी साँचो भएमा वाशिङटन र मस्कोबीच तनाव सिर्जना गर्नसक्ने कडी हुने समाचारमा जनाइएको छ । रसियाको सुरुवाती आक्रमण निशानामा अमेरिकी गुप्तचर संस्था सीआईएद्वारा प्रशिक्षित व्यक्ति तथा समूह परेको सिनेटर म्याकाइनले सीएनएनसँगको कुराकानीमा बताउनुभएको होे ।
उहाँले भन्नुभयो, रसियाको यो गतिविधिले सिरियाली राष्ट्रपति बसार अल असादलाई केन्द्रमा राखिएको स्पष्ट बुझ्न सकिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline