अफगानिस्तानमा चौध तालिवान मारिए

अफगानिस्तानमा चौध तालिवान मारिए

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काबुल, १४ असोज ।

तालिवान सशस्त्र आतङ्ककारीहरुका विरुद्धमा अफगानिस्तानमा जारी सैनिक कारबाहीमा परी कम्तीमा पनि १४ जना तालिवान मारिएको समाचार छ ।

अफगान गृह मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । पछिल्लो समयमा अफगानिस्तानमा तालिवानले सुरक्षाकर्मी र सर्वसाधारणको हत्या गर्ने गरेकोले अफगान सेनाले पनि तालिवानका विरुद्धमा हवाई तथा स्थलगत सैन्य कारबाही गर्ने गरेको छ ।

सो कारबाहीका क्रममा गत २४ घण्टाभित्र १४ जना तालिवान आतङ्ककारी मारिनुका साथै ३० जना घाइते भएका जनाइएको छ । कारबाहीका साथै त्यस क्रममा विभिन्न स्थानमा झडप पनि भएको थियो ।

अफगानिस्तानको विभिन्न प्रान्तमा जारी यस कारबाहीको क्रममा केही आतङ्ककारीहरु पक्राउ परेको समेत जनाइएको छ । सेनाले ठूलो सङ्ख्यामा हतियार पनि कब्जा गरेको छ ।

अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी गत जनवरीबाट स्वदेश फर्किएका छन् । तर अफगानिस्तानमा सुरक्षा भने कायम हुन सकिरहेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी