रुसले सिरियामा रहेको इस्लामिक स्टेट आइएसको अखडामा हवाइ आक्रमण गरेको छ ।
रुसी लडाकु विमानले सिरियाको होम्स शहरस्थित आइएसको अखडामा आक्रमण गरेको हो । आइएसको अखडामा हमला गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाका राष्ट्रपति वसर अल असदसँग फोनवार्ता गर्नुभएको थियो ।
त्यस क्रममा रुसी राष्ट्रपति पुटिनले सिरियामा जारी हिंस्रक संघर्षको अन्त्यका लागि राजनीतिक सम्झौता गर्न तयार रहन सिरियाली राष्ट्रपतिलाई सुझाव दिनुभएको वीवीसीले जनाएको छ ।
यसअघि रुसी संसद्ले सिरियामा रुसी वायुसेनाका लागि हमला गर्न अनुमति दिएको थियो । रुसले सिरियामा हवाई हमला जारी राखे पनि आफ्ना स्थल सेना भने तैनाथ नगर्ने स्पष्ट पारेको वीवीसीले जनाएको छ ।
सिरिया र इराकमा आइएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनले पछिल्लो एक वर्षदेखि हवाई हमला जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline