रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिरियामा सेना पठाउने अनुमति प्राप्त भएको छ ।
रसियाली संसद्को माथिल्लो सभाले राष्ट्रपति पुटिनलाई सिरियामा सेना पठाउने अनुमति दिएको बताइएको छ ।
रसियाली राष्ट्रपति कार्यालयका प्रशासकीय प्रमुख अधिकारी सेर्गेई इभानोभले बुधबार संसद्को सो निर्णयका बारेमा जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।
रसियाली तास समाचार समितिले दिएको जानकारीअनुसार रसियाली संसद्को माथिल्लो सभा फेडरेसन काउन्सिलले राष्ट्रपति पुटिनले सिरियामा सेना पठाउनका लागि संसद्मा गरेको प्रस्ताव पारित गरेको हो ।
यसअघि सिरियामा सेना पठाउनका लागि राष्ट्रपति पुटिनले सो अनुमति माग्नुभएको थियो । सोही बमोजिम संसद्ले अनुमति दिएको हो ।
सिरियामा आइएसका विरुद्धको कारबाहीका लागि विश्वका कैयौँ देशका सेना पुगेका छन् । सो कारबाहीमा रसियाले पनि आफ्नो सेना पठाउने तयारी गरेको हो ।