‘पुटिनद्वारा राष्टङ्घमा दिएको वक्तव्य प्रसंशनीय’

‘पुटिनद्वारा राष्टङ्घमा दिएको वक्तव्य प्रसंशनीय’

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

दमासकस (सिरिया), १२ असोज । सिरियाली सञ्चारमाध्यमले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा अभिव्यक्त वक्तव्यको प्रसंशा गरेका छन् ।

राष्ट्रपति पुटिनले आफ्नो सोमबारको सम्बोधनमा सिरियाली राष्ट्रपति बसार अलअसादको पक्षमा बोल्नुभएको थियो ।

सम्बोधनको क्रममा राष्ट्रपति पुटिनले सम्पूर्ण विश्वले असादलाई समर्थन गरी आतङ्कवाद विरुद्धको लडाईलाई सशक्त बनाउनुपर्ने कुरा भएको बताउनुभएको थियो ।

सम्बोधनले आतङ्कवाद साथ लड्नको लागि एउटा स्पष्ट खाका दिएको र विश्वको ध्यान सिरियामाथि तानेको बताइएको जनाइएका छन् ।

सिरियाबाट प्रकाशन हुने अलबाथ दैनिक, अलश्वाश लगायतका प्रसिद्ध पत्रिकाका साथै अन्य सञ्चारमाध्यममा मङ्गलबार पुटिनको भनाइलाई विशेषस्थान दिएका थिए ।

यसैबीच राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाका विषयमा न्यूयोर्कमा छलफल गरेका छन् । उनीहरुको सिरियामा द्वन्द्व सुरु भएयता यो नै पहिलो भेट भएकोले यसलई विशेष महत्व दिइएको छ।

सिरियाको विषयलाई लिएर दुई शक्ति राष्ट्रबीच सम्बन्धमा विगत दुई वर्षदेखि केही चिसोपन छाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी