एजेन्सी १२ असोज ।
तालिवानी बिद्रोहीले अफगानिस्तानको कुँदुज शहर नियन्त्रणमा लिएको छ । उनीहरुले तीन दिशाबाट घेराउ हाली प्रख्यात कुँदुज शहर नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ ।
शहर कब्जामा लिनुअघि त्यहाँ तैनाथ अफगानी सेना र तालिवान बिद्रोहीबीच झडप भएको थियो । झडपका क्रममा केही अफगानी सेना घाइते भएपछि सेना फिर्ता हुन बाध्य भएको हो ।
कुँदुज शहर कब्जामा लिएपछि तालीवान बिद्रोही अफगान हवाई अड्डातर्फ अघि बढीरहेको अफगानी अधिकारीहरुले बताएका छन् ।
नियन्त्रणपछि तालीवानी विद्रोहीले कुँदुज शहरको दक्षिण तिरको सडक खण्ड बन्द गरेका छन् । यता अफगान सरकारले कुँदुज शहर तालीवानी बिद्रोहीबाट कब्जा मुक्त गर्न थप सेना परिचालन गरेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline