काठमाडौ ११ असोज ।
पछिल्ला दुई यता अफगानिस्तानी सेनाले जारी राखेको सैन्य कारबाहीमा परी १ सय ३० भन्दा बढी आतंकवादी समूह इस्लामिक स्टेट आइएसका लडाकु मारिएको दाबी गरेको छ ।
सेनाले हिजो मात्र भएको संघर्षमा ८५ जना आइएस लडाकु मारिएको जनाएको छ । नांगरहार प्रान्तमा आइएसले गरेको आक्रमणका क्रममा जवाफी कारबाही गर्दा आतंकवादीको मृत्यु भएको हो ।
सेना र आतंकवादीबीच भएको संघर्षमा केही सुरक्षाकर्मीको समेत मृत्यु भएको बताइएको छ । आइएसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline