अफगानिस्तानमा १४८ विस्फोटक पदार्थ निष्क्रिय

अफगानिस्तानमा १४८ विस्फोटक पदार्थ निष्क्रिय

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी,१० असोज ।

अफगानिस्तानको सेनाले देशको विभिन्न ठाउँमा विछ्याई राखिएका १४८ विस्फोटक पदार्थलाई गएको चार दिनभित्र निष्क्रिय पारेको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

अफगानी राष्ट्रिय सेनाको इन्जिनियरको समूहद्वारा देशको विभिन्न ठाउँमा विद्रोहीद्वारा विछ्याइएका साना–ठूला विस्फोटक पदार्थ तथा बारुदी सुरुङलाई निष्क्रिय पारेको, रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समय अफगानी तालिवान समूहहरुले ठूलो सङ्ख्यामा विस्फोटक पदार्थ तथा बारुदी सुरुङलाई यहाँको सुरक्षाकर्मीलाई निशाना बनाई प्रयोग गर्दै आएको छ ।

उक्त प्रयोजनका लागि यत्रतत्र छोडिएका विस्फोटक पदार्थको विस्फोट हुँदा कैयाँै नागरिकको पनि ज्यान जाने गरेका घटना आउने गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी