एजेन्सी, १० असोज ।
अफगानिस्तानमा सैनिकको कारबाहीमा परी कम्तीमा ६७ जना तालिवानको मुत्यु भएको छ । अफगानिस्तानका बिभिन्न भागमा भएको सो कारबाहीका क्रममा ७ जना सेनाका पनि मुत्यु भएको बिबिसीले जनाएको छ ।
अफगानिस्तानको सैनिकले तालिवानविरुद्धको कारबाहीलाई जारी राखेको छ । अफगानिस्तानको रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो कारबाही अफगानिस्तानका विभिन्न प्रान्तमा गएको २४ घन्टा यता गरिएको थियो ।
सो कारबाहीका क्रममा ३४ जना हतियारधारी तालिवान घाइते भएका छन् । साथै १३ जनालाई पक्राउ गरिएको पनि सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline