चीनमा दश करोड वर्ष पुराना किराको अवशेषको प्रदर्शनी शुरु

चीनमा दश करोड वर्ष पुराना किराको अवशेषको प्रदर्शनी शुरु

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी,९ असोज ।

दश करोड वर्ष पुराना दुर्लभ किराहरुको अवशेषको एक महिना लामो प्रदर्शनी चीनको सिचुवान प्रान्तको चेङ्खु शहरमा सुरु भएको छ ।

पश्चिम चीनमा अवस्थित किरा फट्याङ्ग्राहरुको सङ्ग्रहालयमा केही धेरै पुराना जातको कमिला, पानीपिच्चा (ड्रागन फ्लाई), माहुरी तथा अन्य किराहरुको अवशेष प्रदर्शनीका लागि राखिने छ । प्रदर्शनीमा राखिएका कतिपय किराहरुको अवशेष जुरासिक कालभन्दा पहिलेका भएको आयोजकले जनाएको छ ।

साना र छिट्टै नष्ट हुने भएकाले यस्ता पुराना किटाणुहरुको अवशेष कमै मात्र सङ्ग्रहित गरिएको पाइन्छ, उक्त सङ्ग्रहालयका प्रमुख झाओलिले बताउनुभयो । प्रदर्शनीमा राखिएका सबैभन्दा मूल्यवान, अवशेष कमिलाको भएको आयोजकको दावी छ ।

यिनीहरुको अवशेष १६ करोड ५० लाख वर्ष पुराना प्रजाती भएको आयोजकको दावी छ । अवशेष अमेरिकी अध्ययनबाट पत्तालागेका कमिलाका प्रजातिभन्दा चार करोड ५० लाख पुराना भएको दावी चीनले गरेको छ ।

पश्चिम चीनमा अवस्थित उक्त सङ्ग्रहालय किराहरुको एसियाकै सबैभन्दा ठूलो सङ्ग्रहालय हो । यहाँ विभिन्न ४० देशबाट चार लाख किराहरुका नमूना संकलन गरी राखिएको उक्त सङ्ग्रहालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी