सशस्त्र द्वन्द्वमा रहेका फार्क विद्रोही र कोलम्बिया सरकारबीच सहमति बनेको छ । कोलम्बिया सरकार र बामपन्थी फार्क गुरिल्लाहरुले पाँच दशक भन्दा लामो द्वन्दवकालमा भएका अपराधलाई न्यायको कठघरामा ल्याउनेबारे सहमति गरेका छन् ।
दक्षिण अमेरिकाको सबभन्दा लामो द्वन्द्व अन्त्य गर्न क्युवाको मध्यस्थतामा तीन वर्षदेखि जारी संझौता प्रक्रियामा महत्वपूर्ण प्रगति भएको बताइएको छ ।
क्युवाको राजधानी हवानामा जारी गरिएको संयुक्त वक्तब्यमा आफ्नो अपराध स्वीकार्ने र पीडितहरुमाथि पुगेको क्षति कम गर्न प्रतिबद्ध हुनेलाई कम सजाय दिइने र आफ्नो अपराध स्वीकार नगर्ने या ढिलागरी स्विकार गर्नेलाई अन्य मुद्दामा पाउने सरहको जेल सजाय दिइने उल्लेख गरिएको छ ।
शान्ति प्रक्रिया मार्च २३ २०१६ या या त्यो भन्दा अघि नै सम्पन्न हुने राष्ट्रपति जाँ म्यानुअल स्यान्टोसले घोषणा गरेका छन् । क्युबामा भएको सहमति अनुसार ६ महिना भन्दा बढि नलगाउने सहमति बनेको राष्ट्रपतिले बताए।
राष्ट्रपति स्यान्टोस र टिमोचेङ्को भनिने विद्रोही कमाण्डर रोड्रिगो लोण्डोनोबीच क्युबाको राजधानी हवानामा कुराकानी भएको थियो।
कोलम्बिया सरकार र देशको सबभन्दा ठूलो विद्रोही समुह फार्कका संझौताकारहरुले यस अघि नै भूमि सुधार राजनीतिक सहभागिता र अबैधानिक लागु औषधबारे यस अघि नै सहमति गरिसकेका छन् ।
पाँच दशक लामो द्वन्द्वमा दुइ लाख बीस हजार मानिस मारिएका र पचास लाख भन्दा बढि आन्तरिक विस्थापनमा परेको अनुमान कोलम्बियाको सरकारको अनुमान छ ।
सत्तरी लाख भन्दा बढि हिंसा पीडितमा दर्ता भएका छन् । ८ हजार जति फार्क विद्रोहीहरु अझ पनि लडाइमा छन