मस्जिदमा हमला गरी २५ को हत्या

मस्जिदमा हमला गरी २५ को हत्या

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

साना, ७ असोज ।

यमनमा बिहीबार यहाँको एक मस्जिदमा बम आक्रमण गरी कम्तीमा पनि २५ जनाको ज्यान लिइएको समाचार छ ।

सिया मुस्लिम समुदायका नागरिकका विरुद्धमा गरिएको यस हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको र अरु कयौँ नागरिक घाइते भएको समाचारमा जनाइएको छ ।
यमनको राजधानी सानामा सिया मुस्लिमको प्रार्थनालाई लक्ष्यगरी सो हमला गरिएको थियो । बम हमलामा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
बिहीबार मुस्लिमहरुको महान चाड इद अल अधाको अवसरमा प्रर्थनामा बसेका उनीहरुलाई लक्ष्य गरेर शक्तिशाली बम विस्फोट गराइएको समाचारमा जनाइएको छ ।
सानाको प्रहरी प्रतिष्ठाननजिकै रहेको सो मस्जिदमा सो हमला भएको थियो । प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार सो मस्जिदलाई हुथी विद्रोहीहरुले नियन्त्रणमा लिएर हमला गरेका थिए ।
इस्लामिक स्टेट जिहादीहरुले पछिल्लो समयमा यमनका सिया मस्जिदहरुमा हमला गर्ने गरेका छन् । ती हमलामा परी कयौं नागरिकको ज्यान जाने गरेको छ ।
पछिल्लो समयमा ती यमनमा आइएसको आक्रमण पनि बढ्दो रुपमा देखिएको छ । हरेक दिनजसो हिंसात्मक हमला भई नागरिकको ज्यान जाने गरेको अधिकारीहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी