अफगानिस्तानमा सरकार र तालिवानबीचको वार्ता प्रयास विफल भएको छ ।
मुलुकमा जारी हिंसा अन्त्यका लागि अफगान सरकारले गरेको वार्ता आह्वानलाई तालिवान विद्रोहीले चासो नदेखाएपछि वार्तामा मध्यस्थता गर्न उलमाऔ नामकोवको नेतृत्वमा वार्ता कमिटी गठन गरिएको थियो ।
गत जुलाईमा तालिवान संस्थापक मुल्ला उमरको निधनपछि नेता बनेका अख्तर मन्सुरलाई तालिवानका केही लडाकुले नमानेपछि तालिवानभित्रै फुट देखा परेकाले पनि वार्ता असफल भएको वीवीसीले जनाएको छ ।
नेता चुनिएका मन्सुरले भने तालिवानभित्र कुनै मतभेद नरहेको भन्दै वार्ताका लागि अझै केही समय लाग्ने बताएका छन् । अफगानिस्तानलगायत बिश्वका केही मुलुकमा तालिवानकै आक्रमणका कारण सयौं मारिइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline