आतंकवादविरुद्ध आपसी सहयोगमा अझै तीब्रता दिन अमेरिका र भारत सहमत भएका छन ।
दुवै देशले लस्करे तोइबा, जैश ए मोहम्मद, डी कम्पनी, अलकायदा र हक्कानी नेटवर्क पूरै क्षेत्रका लागि ठूलो खतरा बनेको बताउदै यस्तो सहमति गरेका हुन ।
अमेरिकाको वाशिंगटनमा अमेरिकी विदेश मन्त्री जोन केरी र भारतीय विदेश मन्त्री सुस्मा स्वराजलगायतका प्रतिनिधिबीच भएको छलफलमा मुम्बई आक्रमणका दोषीलाई कारवाही गर्न पाकिस्तानसँग माग समेत गरिएको वीवीसीले जनाएको छ ।
दुबै देशले इस्लामिक स्टेटलाई विश्व शान्तिका लागि खतरा मान्दै उसलाई पराजीत गर्न मिलेर काम गर्ने बताएका छन् भने दुबै देशले अफगानिस्तानमा शान्ति कायम गर्न सहयोग जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेका वीवीसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline