एजेन्सी,५ असोज ।
सोमालीयाको राजधानी मोगादिसुमा अवस्थित राष्ट्रपतिको कार्यालय भवनको प्रवेशद्धारमा बम विस्फोट भएको छ ।
उक्त कार्यालयको प्रवेशद्वारमा एउटा कारबम ल्याएर ठोक्काइएको थियो । विस्फोटमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन ।
मोगादिसुका प्रहरी अधिकारी अहमद सिरेले सिन्ह्वा समाचार समितिलाई राष्ट्रपतिको प्रवेशद्वारमा भएको भीषण विस्फोटनबाट दुई सोमालीयाली सैनिक, चार सर्वसाधारण र तीन विदेशी नागरिकको मृत्यु भएको बताएका छन् ।
विस्फोटमा परी नजिकैको होटेलबाट निक्लिएका तीन विदेशी नागरिकको समेत मृत्यु भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline