काठमाडौ ५ असोज ।
नाइजेरिया उत्तरपूर्वी बोर्नो राज्यमा भएको श्रृँखलाबद्ध बम बिस्फोटमा परी कम्तिमा ८० जनाको ज्यान गएको छ । बिस्फोटमा परी एक सय ५० भन्दा बढी घाइते भएका छन् ।
बोर्नो राज्यको राजधानी मैदुगुरीमा तीनवटा बम बिस्फोट हुँदा कम्तिमा ५४ जनाको ज्यान गएको र ९० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै बोर्नोकै मोङगनो शहरको चेकपोस्टमा दुई वटा बम बिस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । घटनामा ६२ जना घाइते भएका छन् । बोर्नो राज्य इस्लामिक बिद्रोही संगठन बोको हरामको सबैभन्दा बढी प्रभाव भएको राज्य हो ।
बम बिस्फोटनको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन । तर सन् २००९ देखि हिंसात्मक गतिविध गर्दै आएको बोको हरामले नै आक्रमण गरेको आशंका गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline