ग्रीसमा कम्युनिष्ट सरकार बन्ने

ग्रीसमा कम्युनिष्ट सरकार बन्ने

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 एथेन्स (ग्रीस), ४ असोज । ग्रीसको बामपन्थी दल सिरिजा पार्टीले दोस्रो कार्यकालका लागि सरकारको नेतृत्व सम्हाल्ने मौका पाउने भएको छ ।

उक्त पार्टीका नेता भूतपूर्व प्रधानमन्त्री अलेक्सिस सिप्रासले आफ्नो दललाई बहुमत दिलाउने सम्पूर्ण मतदातालाई पार्टीको तर्फबाट सोमबारै धन्यवाद दिएका छन् ।

आइतबार सार्वजनिक भइसकेको करिब ९९.७ प्रतिशत नतिजाअनुसार सिरिजा पार्टीले ३५.५ प्रतिशत ल्याउन सफल भएको छ । त्यस्तै, मध्य दक्षिणपन्थी प्रजातान्त्रिक मोर्चाले २८.१ प्रतिशत मत ल्याएको छ ।

नाजी समूहको बाहुल्यता भएको अर्को एक पार्टीले ७ प्रतिशत मत ल्याई तेस्रो ठूलो दल बन्न पुगेको छ ।

सिरिजा पार्टीको दोस्रो कार्यकालका लागि आएको जनसमर्थनप्रति आभार प्रकट गर्दै आफ्नो पार्टीको नेतृत्वमा हुने दोस्रो सरकार ग्रीसको आर्थिक तथा सामाजिक विकासका लागि सधैँ प्रतिबद्ध रहने पूर्व प्रधानमन्त्री सिप्रासले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

सिरिजा पार्टीको दोस्रो कार्यकालका लागि आएको जनसमर्थनप्रति आभार प्रकट गर्दै आफ्नो पार्टीको नेतृत्वमा हुने दोस्रो सरकार ग्रीसको आर्थिक तथा सामाजिक विकासका लागि सधैँ प्रतिबद्ध रहने पूर्व प्रधानमन्त्री सिप्रासले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

सिरिजा पार्टीलाई जनताले गरेको समर्थनलाई पलपलमा सदुपयोग गर्ने बताउदै भूतपूर्व प्रधानमन्त्रीले भन्नुभयो, देशको आर्थिक सुधारका लागि मितव्ययी भई राष्ट्रलाई समृद्ध बनाउने हाम्रो सरकारको अभिभारा रहने छ ।

सिरिजा पार्टीले तेस्रो चरणको ऋण जमानत लिने कि नलिने भन्ने सवालमा जनमत सङ्ग्रहमा गएको थियो । ऋण जमानत नलिने र युरोपेली महासङ्घबाट बाहिरिनु परे बाहिरिने भन्ने पक्षमा जनमत आएपछि युरोपेली महासङ्घमा ठूलो बहस ल्याएको थियो ।

पार्टीभित्रैको विद्रोह र जनमत एकातिर हुँदाहुँदै सिप्रास सरकारले तेस्रो पटकका लागि जमानत लिने अलोकप्रिय सम्झौता ग¥योे । यसैलाई लिएर पार्टीभित्रको कट्टरपन्थी समूहले सिप्रासलाई असहयोग गर्दै सरकारबाट बाहिरियो ।

पार्टीभित्र भएको हलचलका फलस्वरुप सिप्रासले नयाँ चुनावको घोषणा गरेका थिए ।

सिप्रासले सरकार गठनमा सिरिजा पार्टीप्रति नरम मानिने दक्षिणपन्थी दल इन्डिपेन्डेन्ट ग्रीक्स पार्टीको समर्थन लिने जनाएको छ भने उक्त पार्टी सरकारमा सामेल हुने सङ्केत गरेको छ ।

सिरिजा पार्टीका नेता तथा भूतपूर्व प्रधानमन्त्री अलेक्सिस सिप्रासलाई दोस्रो कार्यकालका लागि उनको पार्टीले ल्याएको बहुमतको कदर गर्दै विश्वका महत्वपूर्ण सङ्घसङ्गठन तथा सरकार प्रमुखले बामपन्थी दल सिरिजा पार्टीका नेता सिप्रासलाई बधाई ज्ञापन गरेका समाचार स्थानीय संचारमाध्यममा आउन थालेका बताइएको छ ।

यसैबीच, युुरोपेली महासङ्घ प्रमुख डोनाल्ड टस्कले निर्वाचन परिणामले ग्रीसमा राजनीतिक स्थिरता ल्याई देखिएका सबै किसिमका चुनौतीहरुलाई नियन्त्रणमा ल्याउने आशा व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी