एथेन्स, ३ असोज । टर्की हुँदै ग्रीसमा जाँदै गर्दा आइतबार नेवस टापु नजीक भएको डुङ्गा दुर्घटनामा परी दर्जनौँ आप्रवासीको मृत्यु भएको ग्रीसको सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् ।
ग्रीसमा आइतबार भइरहेको निर्वाचनमा यहाँका नागरिकले नयाँ सरकारका लागि मतदान गर्दै गर्दा भएको उक्त दुर्घटनामा समुद्रमा फसेका २२ जना आप्रवासी शरणार्थीलाई सुरक्षा अधिकारीले डुङ्गाको सहयोगमा उद्धार गरेका छन् ।
नजिकैबाट अगाडि बढिरहेको पानी जहाजबाट उत्पन्न भएका तरङ्गले डुङ«गामाथि पानी पसेपछि उक्त दुर्घटना हुन पुगेको थियो ।
टर्कीबाट ग्रीसतर्फ जाँदै गरेको डुङ्गा दुर्घटनामा परी शनिबार पनि एक बालिकाको मृत्यु हुनुका साथै १३ अन्य आप्रवासी शरणार्थी बेपत्ता भएका थिए ।
ग्रीसको नेवस टापु नजीकै भएको उक्त दुर्घटनामा समुद्रमा फसेका १२ जना आप्रवासी यात्रुको उद्धार गरिएका थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline