अमेरिकी चालकरहित विमान आक्रमणमा सातको मृत्यु

अमेरिकी चालकरहित विमान आक्रमणमा सातको मृत्यु

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इस्लामाबाद, १ असोज ।

पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाका दक्षिणी वाजिरिस्तानमा शुक्रबार अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको समाचार छ ।

स्थानीय सञ्चारमाध्यम उर्दुले सो जानकारी दिएको छ । दक्षिणी वाजिरिस्तानको सोनक्राई नराई क्षेत्रमा आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी सो आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानको यो क्षेत्र अफगानिस्तानको सीमा क्षेत्रमा जोडिएर रेहेको छ । एक सवारी साधनलाई लक्ष्यगरी दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको जनाइएको छ ।

सो इलाकामा हुने गरेको हवाई आक्रमणबाट स्थानी बासिन्दालाई त्रास पैदा गर्ने गरेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिहरुको परिचय भने हालसम्म खुलेको छैन । वाजिरिस्तानमा पाँच महिनापछि अमेरिकी चालकरहित विमान आक्रमण भएको जनाइएको छ ।

प्रायः उत्तरी वाजिरिस्तानमा गर्ने गरिएको यो अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमण गएको करिब पाँच महिनायता रोकिएको थियो ।

यस वर्षको सुरुदेखि हालसम्ममा आदिवासी क्षेत्रमा भएको यो १३ औँ चालकरहित विमान आक्रमण हो । यस अवधिभर यस इलकाहरुमा ८५ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी