भूकम्पपछि चिलीमा संकटकालको घोषणा

भूकम्पपछि चिलीमा संकटकालको घोषणा

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी १ असोज ।  

शक्तिशाली भूकम्पपछि चिली सरकारले देशको मध्य क्षेत्रमा संकटकालको घोषणा गरेको छ ।

८ दशमलव ३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी चिलीमा ११ जना भन्दा बढीको मृत्यु भएको छ भने १० लाख मानिस विस्थापित भएका छन् । भूकम्पले कयौं घरमा क्षति र्पुयाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

सान्टियागोदेखि करीब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामीको चेतावनी दिइएको छ । भूकम्पका कारण करिब ९० हजार घरमा विजुली आपूर्ति ठप्प भएको बिबीसीले जनाएको छ ।

चिलीमा सन् २०११ मा गएको ८ दशमलब ८ म्याग्नेच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण ५ सय भन्दा बढीको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी