चिलीमा शक्तिशाली भूकम्प, पाँचको मृत्यु

चिलीमा शक्तिशाली भूकम्प, पाँचको मृत्यु

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी,३१ भदौ ।

चिलीमा ८.३ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

भूकम्प कारण सुनामी चेतावनी दिइएको तटीय क्षेत्रबाट १० लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको त्यहाका अधिकारीले बताएका छन । यस भूकम्पबाट ब्युनस एअर्स, अर्जे्न्टिनामा पनि भवनहरुमा कम्पन महसुस गरिएको जनाइएको छ ।

विश्वमा यस वर्षमा गएको भूकम्प मध्ये पनि चिलीमा गएको यो शक्तिशाली भएको त्यहाँका गृहमन्त्री महमुद एलेयले बताउनु भएको छ । यस भूकम्पबाट पाँच व्यक्तिको मृत्यु भएको १० लाखलाई सुरक्षित स्थानमा सारिएको र २ लाख ४५ हजार घरपरिवार विना विद्युत् लाइन बसेका पनि गृहमन्त्री महमुदले बताउनु भएको छ ।

यस भूकम्पको केन्द्रविन्दु मध्य चोआपा प्रान्तनजिकै नै रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार सो भूकम्प ८.३ रिक्टर स्केलको मापन गरिएको र यस भूकम्पको सान्टीयागोबाट २२८ किलोमिटर उत्तरमा रहेको इलाका बढी प्रभावित भएको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी