ईजरायली प्रधानमन्त्रीले रुसको भ्रमण गर्ने

ईजरायली प्रधानमन्त्रीले रुसको भ्रमण गर्ने

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू मस्कोले सिरियालाई दिँदै आएको अत्याधुनिक हतियारका बारेमा छलफल गर्न अर्को हप्ता रसिया जानु हुने भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना समकक्षी रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिनसँग रसियाले सिरियालाई पु¥याउँदै आएको सैन्य सहयोग फिर्ता लिन आग्रह गर्नुहुने बताइएको छ ।

रसियाको सैन्यफौज सिरियामा परिचालन र रसियाद्वारा आपूर्ति गरिँदै आएको अत्याधुनिक हतियार इजरायलको सुरक्षामाथि चुनौती हुने नेतन्याहूले आफ्नो भ्रमणका क्रममा मस्कोसँग राख्ने कार्यक्रम भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बुधबार जनाएको छ ।

रसियाले हेजबुल्लाह तथा सिरियाका केही लडाकू सङ्गठनलाई सहयोग गरेको मस्कोमाथि आरोप छ ।

पश्चिमा राष्ट्रहरुले मस्कोले सिरियामा भइरहेको गृहयुद्धका बाबजुद पनि राष्ट्रपति बसार अल असादलाई दिँदै आएको सहयोगलाई लिएर आलोचना गर्दै आएका छन् ।

अमेरिकी अधिकारीहरुले मङ्गलबार एक समारोहमा रसियाले टी¬–९० तथा कैयौं शक्तिशाली तोपलाई लाटकिया नजिकै रहेका सिरियाली हवाई मैदानमा राखेको र यी हतियार सिरियाली प्रधानमन्त्री असाद पक्षधर सैन्यफौजको नियन्त्रणमा रहेको बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो ।

गएको केही महिनादेखि रसिया र जेरुसेलमबीच तनाव देखिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी