एजेन्सी २८ भदौ ।
इजिप्टमा अतांकवाद विरुद्ध कारबाहीको क्रममा सुरक्षाकर्मीको गोली लागेर १२ जना पर्यटक मारिएका छन् । मारिनेहरुमा मेक्सिकन नागरिक रहेका छन् ।
सुरक्षाकर्मीले सन्चालन गरेको कारबाही अभियानका क्रममा पश्चिमी साहराको बाहट क्षेत्रमा भूलबस १२ मेक्सििकन नागरिक मारिएको इजिप्टको गृहमन्त्रालयले जनाएको छ ।
सैन्य अधिकारीका अनुसार आतंकवादी ठानेर गरिएको कारवाहीमा उनीहरु मारिएका हुन् । सिरियाली गृह मन्त्रालयका अनुसार उनीहरु प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा बलले गोली चलाएको थियो ।
सैन्य कारवाहीमा कम्तीमा अन्य १० जना घाइते भएको बिबीसीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । गृह मन्त्रालयले घटनाको छानविन गर्न समिति गठन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline