अफगानिस्तानमा एकसय तालिवान र बाह्र सैनिक मारिए

अफगानिस्तानमा एकसय तालिवान र बाह्र सैनिक मारिए

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी,२७ भदौ ।

अफगानी राष्ट्रिय सेनाले देशको विभिन्न भू–भागमा गत २४ घण्टाभित्र जारी राखेको कारबाहीमा परी एकसय जना तालिवान मारिएका छन । सोही समयमा आतंककारीले गरेको छुट्टाछुट्टै आक्रमणमा परी १२ जना सेनााक सदस्यको पनि ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

यस कारबाहीको क्रममा करिब एकसय तालिवान मारिनुको साथै अन्य ३५ जना घाइते भएका र एक आतङ्ककारी पक्राउ परेको अफगान गृह मन्त्रालयले आज प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । यस कारबाहीका क्रममा सेनाले सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गगरी ३० वटा बम निष्क्रिय बनाएको बताइएको छ ।

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको हालसम्म कुनै टिप्पणी भने नगरेका जनाइएको छ । अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेका छन ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताएपनि युद्ध भने रोकिएको छैन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी