एजेन्सी,२७ भदौ ।
सैनिक शासन रहेको इजिप्टमा आगामी अक्टोबर महिनामा हुने भनिएको निर्वाचनको व्यापक तयारी भइरहेको अधिकारीहरुले जनाएका छन ।
इजिप्टको सैनिक सरकारले यही अक्टोबरको १८ तारिखबाट निर्वाचन सुरु गर्ने भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । निर्वाचनको तयारी व्यापक मात्रामा भइरहेको त्यहाका अधिकारीले बताएका छन ।
निर्वाचनप्रतिको विश्वसनियतामा प्रश्न उठिरहेको तथा सैनिक सरकारले निर्वाचन गर्ने नगर्ने बारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेका बेला निर्वाचन अधिकारीहरुले निर्वाचन समयमै सम्पन्न हुने र त्यसको तयारी पनि जारी रहेको जानकारी दिएको जनाइएको छ ।
निर्वाचन दुई चरणमा हुने इजिप्टको निर्वाचन कमिटीले जानकारी दिएको छ । अधिकारीका अनुसार सो निर्वाचान आगामी अक्टोबरको १८ तारिखबाट सुरु हुने र दुई दिनसम्म हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline