एजेन्सी,२७ भदौ ।
युक्रेनमा विद्रोह गरिरहेको विद्रोही समुहलाई रसियाले सघाएको युक्रेनले दाबी गरेको छ । यसअघि देखि नै युक्रेनले रसियाको पूर्वी भूभागमा स्वायक्त राज्यको माग गरिरहेका विद्रोहीलाई सघाउने गरेको आरोप लगाउदै आएको हो ।
युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले रसियाले पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीलाई सघाउन सेना पठाएको दाबी गर्नुभएको छ । उहाँले गतहप्तामात्र रसियाले युक्रेनको पूर्वी भू–भागमा विद्रोह गरिरहेका विद्रोहीलाई सघाउन कयौँ सेना पठाएको बताउनुभएको छ ।
तर यो भनाईको रसियाले भने खण्डन गर्दै आएको छ । रसियाले युक्रेनमा सेना नभई युद्ध सामाग्री तथा अन्य मानवीय सहायताका सामाग्री मात्र पठाएको बताएको छ ।
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले युक्रेनमा सेना पठाएको भनेर पश्चिमा राष्ट्रहरुले मात्र प्रचार गर्ने गरेका र त्यसमा कुनै पनि सत्यता नरहेको बताउनु भएको छ ।
पूर्वी युक्रेनको विद्रोहीको नियन्त्रणमा रहेको भूभागमा रहनेगरी रसियाले समय समयमा सेना पठाउने गरेको युक्रेनले बताउदै आएको छ । जसका कारण सो क्षेत्रमा थप हिंसा हुनसक्ने आशंका गरिएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि रसियाली भाषी नागरिकले विद्रोह गरिरहेका छन ।